बिश्वास सिलवाल ,धादिङ, साउन २२ ,२०८३

धादिङको सिद्धलेक गाउँपालिका–१ मा बिहीबार राति एउटा भैँसी हराएको घटनाले स्थानीयवासीलाई चिन्तित बनाएको छ। हालसम्म भैँसी चोरी भएको भन्ने आधिकारिक पुष्टि भने भएको छैन। प्रहरीले चोरीको आशंकालाई आधार मानेर अनुसन्धान अघि बढाएको जनाएको छ।

स्थानीयका अनुसार बिहीबार रातिदेखि भैँसी हराएकाे हो। घटनापछि भैँसीको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला नपरेको बताइएको छ।

यस विषयमा नलाङ  बैरेनी प्रहरी चौकीसँग बुझ्दा प्रहरीले भैँसी हराएको जानकारी प्राप्त भएको पुष्टि गर्दै चोरीको आशंकामा अनुसन्धान भइरहेको जनाएको छ। घटनाको वास्तविक कारण खुलिनसकेको र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै निष्कर्ष निकालिने प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे जानकारी हुने जो–कोहीलाई नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ। साथै, स्थानीयवासीलाई पनि अफवाह फैलाउनेभन्दा तथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0