धादिङ । बागमती प्रदेश सरकारको पात्रोमा थप चार दिन सार्वजनिक  बिदा थपिने भएको छ ।

बागमती प्रदेश सरकारको सोमबार बसेको बैठकले बागमती प्रदेशको क्यालेण्डरमा थप चार दिन सार्वजनिक बिदा  गर्ने निर्णय गरेको छ ।

यसअघि मन्त्रिपरिषदको बैठकबाट निर्णयार्थ दिइने चार सार्वजनिक बिदालाई आगामी वर्ष २०८२ सालको क्यालेण्डरमा समावेश गर्ने निर्णय भएको सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

बैठकले फागुनको तेस्रो शनिबार माझी समुदायले मनाउने लदी पर्व, सोनाम ल्होसार भदौ २२, प्रदेश सरकारको सरकारी कामकाजी भाषा दिवस वैशाख २४ र गाईजात्रा साउन २५, मा दिइने सार्वजनिक विदालाई क्यालेण्डरमा समावेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here