ईश्वर थापा मगर
धादिङ, २५ चैत्र २०८१ ।
उत्तरी धादिङको  खनियाबास, रुबीभ्याली गाँउपालिकाका अधिकांश युवाहरू रोजगारीको खोजीमा गाउँ नै रित्याएर पछिल्लो समय भारत जानेको लर्को लागेको छ ।

संघ, प्रदेश र गाउँमै रहेको स्थानीय सरकारले युवाको लागि रोजगारीको कुनै सृजना नगरेपछि गाउँ नै रित्तीने गरी हुम्लाका युवा कामको खोजीमा भारत जानेको लस्करनै देखिएको छ । पछिल्लो एक हप्तामा मात्रै १ हजार बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेको र गाउँ पूर्णरुपमा युवा शून्य रहेको स्थानीयहरू बताउँछन्।

धेरै युवाहरू हातमा पासपोर्ट बोकेर वैदेशिक रोजगारीको लागि त्रिभुवन विमानस्थलमा लामबद्ध भएको देखिराखेका हामी यतिबेला भने धादिङको उत्तरी क्षेत्रका युवाहरू  भारतको सिम्ला  क्षेत्रमा कृषि काम गर्नको निमित्त जानेहरूको लर्को धादिङको फुर्केखोलामा देख्छौ ।

गाउँमा चरम आर्थिक मन्दी छ १ रुपैयाँ पनि देख्न नसक्ने अवस्था भइसकेको छ। परिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउनकै निमित्त भारत जानुपरेको भारत प्रस्थान गर्दै गरेका खनियावास गाउँपालिका वडा नम्बर ३ का स्थानीय हरिराम तामाङले बताउनुभयो। खनियावास गाँउपलिकाको वडा नं ३ मा भन्दा वडा नं २को स्थानियहरु धेरै रहेको भारत जाँदै गरेका स्थानिय तामाङले बताए ।

चैत यही चैत्रको २४ गते यानिकि हिजो मात्रै धादिङको फुर्के खोलाबाट बस चढी भारत प्रस्थान गर्ने  झन्डै १०० भन्दा बढी रहेको थियो।

यहाँबाट भारत जानेहरूको दैनिक रेकर्ड राखिन्छ भनेर हामीले स्थानीय प्रहरी चौकीमा प्रश्न गर्दा यहाँवाट भारत जाने भन्दै जानेको स‌ंख्या धेरै रहेको तर आफुहरुले रेकड भने राख्ने नगरेको नाम बताउन नचाहने सर्तमा फुर्केखोला अस्थाई प्रहरी चौकीका एक सुरक्षाकर्मीले बताए ।

युवाहरु भारतको सिम्ला तर्फ लगोपछि अहिले वडाको गाउँवस्तीहरुमा युवा बिरलै भेटिने गरेको खनियावास गाउँपालिका-३, का वडा अध्यक्ष कमानसिह‌ तामाङले बताउनुभयो । उहाँका अनुसार एक सातादेखि नयाँ घर बनाउने र अत्यावश्यक काम भएका बाहेक अरु युवाहरु गाउँमा भेट्न मुस्किल भएको वडा अध्यक्ष तामाङले बताउनुभयो । गाउँमा एक वर्षयता पैशा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवाहरु परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानु परेको तामाङको भनाई छ ।

राजनतिक स्थिरता कायम भएपछि गाउँको विकासले तिब्रता देला, आफूहरुलाई रोजागारीको सृजना गाउँमै होला भनेर हरेक राजनीतिमा हुमिएका यूवाहरुले राजनीतिक परिवर्तन भएको २० वर्षमा समेत कुनै सुधार नभएपछि पुनः भारत तर्फलाई अस्थायी गन्तव्य रोज्नु परेको हो । स्थानीय सरकारले तत्काल संघ, प्रदेश र आफूले तय गरेका विकासे योजनाहरुको काम शुरु गरेर थप रोजगारका कामहरु सृजना नगर्ने हो भने पछिल्लो व्यवस्थाप्रति पनि नागरिकको बितृष्णा बढ्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here