काठमाडौं। नेपाली क्रिकेटको महाउत्सवका रूपमा परिचित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितालाई लिएर क्रिकेटप्रेमीमा उत्साह बढेको छ।
सन् २०२४ मा सुरु भएको एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने सन् २०२५ को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। यसपटक पनि विभिन्न टोलीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
तेस्रो संस्करणका लागि विदेशी खेलाडीहरू नेपाल आउने क्रम जारी छ। स्वदेशी तथा विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको छ। एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिता सुरु भएसँगै क्रिकेटप्रेमीहरूमा खेलप्रतिको आकर्षण बढेको छ। समर्थकहरू आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न उत्साहित देखिएका छन्। नोभेम्बर २१ मा हुने फाइनल खेलसँगै यस संस्करणको विजेता टोलीको टुङ्गो लाग्नेछ।






