धादिङ । धादिङको मलेखु धादिङ सडक खण्ड अन्तरगत नीलकण्ठ नगरपालिका-८ ससाहमा मिनी बस र इभि माइक्रो ठोक्किदा आठ जना घाइते भएका छन् ।

मंगलवार दिउँसो धादिङबेशीबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र धादिङवेसीबाट काठमान्डाै जाँदै गरेकाे बागमती प्रदेश ००१ज०५२९ ईभी भ्यान एक आपसमा ठक्कर खादा माइक्रोमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो।

दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइ रहेको धादिङ अस्पतालका सुचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0