धादिङ , १० बैशाष

रुबी भ्याली गाउँपालिका–६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता समीर गुरुङ डोजर दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।

वैशाख ९ गते दिउँसो डोजर ब्याक गर्ने क्रममा चेनले लाग्दा उनी गम्भीर घाइते भएका हुन्।

स्थानीय जीवन तामाङका अनुसार दुर्घटनापछि गुरुङलाई तत्काल उद्धार गरी हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ। हाल उनको काठमाडौंमा उपचार भइरहेको छ।

घटनापछि स्थानीयवासी तथा जनप्रतिनिधिहरूले गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0