आज राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचन बिहीबार दिउँसो ३ बजे सातै प्रदेशमा शान्तिपूर्ण तवरले सम्पन्न भएकाे छ ।

राष्ट्रिय सभा सदस्य पदकाे लागि भएकाे निर्वाचनमा प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउपालिका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुने मतदानमा ५१ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
२०८० फागुन २० गतेबाट खाली हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0