नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ वागमती प्रदेशकाे पाँचाै साधारण सभा तथा तेस्राे अधिवेशन धादिङमा आजवाट सुरू भएकाे छ ।

शुक्रबारबाट सुरू अधिवेशन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेश समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको सभापतित्व तथा संघीय साँसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।

“गुणस्तरीय उत्पादन,मर्यादित व्यापार, निति निमाणमा पहुच, सांगठनीक आधार” भन्ने मुल नाराका साथ सुरू भएकाे अधिवेशन माघ १३ गते नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न हुनेछ ।

साधारणसभाको अवसरमा बागमती प्रदेशमा रहेका जिल्लाहरू मध्ये उत्कृष्ट कार्य गर्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघ धादिङ शाखालाई सम्मान गरिएको थियो । धादिङमा २०४३ सालमा स्टेसनरी तथा पुस्तक पसल सुरुवात गर्ने गोविन्द श्रेष्ठ, प्रदेशमा रहेर काम गरेका सचिव हरि पौडेललाई समेत सम्मानित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0