धादिङ जिल्ला स्तरिय १३ औ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगीता आजवाट सुरु भएको छ । धादिङका १३ वटै पालिकाहरुको सहभागीता रहेको कार्यक्रममा वागमती प्रदेशका माननिय सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गदै मन्त्री मोक्तानले बागमती प्रदेश खेलक्षेत्रको बिकासको लागी उल्लेख्य लगानी गर्ने बताउनु भयो ।
देशमा संघीयता आईसके पछाड़ी संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खेल क्षेत्रमा धेरै लगानी गरेको तर त्यसलाई संस्थागत हिसाबले खेलकूद क्षेत्रलाई विकास गर्दै लैजान जिल्लाका सबै स्थानीय तहलाई दृढतापूर्वक लगानी गर्न पनि आग्रह गर्नुभयो । अहिलेसम्म संघिय सरकारले खेलकुद निति वनाउन नसक्दा जिल्ला जिल्लामा दुई दुई वटा खेलकुद समिति समानान्तर रुपमा रहेको र अव एउटै वनाउने बताउनु भयो ।
स्वास्थ्यका लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको प्रतिगोगीतामा धादिङका १३ वटै पालिकाका खेलाडीहरुको सहभागीता रहेको छ ।
प्रतिगोगीतामा बिभिन्न विधामा झन्डै ९५० खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतिगोगीतामा विजयी खेलाडीहरुले प्रदेश स्तरयि राष्ट्रपति रनिङशिल्डमा भागलिन पाउने छन् ।






