धादिङ चैत-०३ । आज धादिङबेसी बीचबजार स्थित Fyooba Fitness तेक्वान्दो डोजाङद्दारा आयोजित Frist Dhading Open Taekwondo championship गेरोगी खेल प्रतियोगिता सम्पन्न भएको छ ।”
“प्रतियगितामा गेरोगी अन्तरगत २० के जि मुनिको विधामा प्रभाष राना मगर प्रथम,३५ केजि मुनिको विधामा सक्षम थापा प्रथम ,४५ केजिमा सरन तामाङ प्रथम भए । त्यसैगरी ५० भन्दा माथिको गेरोगीमा सूजन सिंह ठकुरी प्रथम, ५५ केजि मुनिको विधामा शान्ति कुमाल प्रथम र ४० केजिको बिधामा प्रशंसा गुरुङ प्रथम बने । साथै बेस्ट प्लेयरमा प्रशंसा गुरुङ र कुसल गुरुङ भए ।
बागमती प्रदेश खेलकुद परिसद बोर्डका सदस्य अमृत तामाङ’को प्रमुख आतिथ्यता,विशेष अतिथि- राष्ट्रिय तेकवान्दो संघ नेपाल जिल्ला कार्य समिति धादिङको जिल्ला अध्यक्ष मरियम तामाङको सभातित्वमा उक्त प्रतियोगिता भएको मरियम तामाङले बताउनु भयो ।






