काठमाडौं : पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएकाे छ।
तनहुँकाे मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
अहिले मध्यान्ह १२ :५५ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। अहिले पनि उद्वारकार्य जारी छ ।
दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था छ।
बसमा ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ।






