धादिङ । लायन्स क्लव अफ धादिङ भैरवीले ससाह देउराली मा बिलाई धारा सहित पानीकाे जार वाेतल सहयाेग हस्तान्तरण गरेकाे छ ।

निलकण्ठ नगरपालिका वडा नं ८ मा रहेकाे ससाह देउराली माध्यामिक विद्यालयलाई लायन्स क्लव अफ भैरवी धादिङकाे अध्यक्ष कृष्ण वद्री पाैडेलकाे जन्म उत्सवकाे अवसरमा सहयाेग सामाग्री हस्तान्तरण गरेकाे हाे ।

सामान्य तय नेपालीहरू केक काट्ने भाेज भतेर गरेर जन्म दिन मनाउने चाहना हुन्छ तर लायन्स क्लव अफ भैरवी धादिङकाे अध्यक्ष कृष्ण वद्री पाैडेलले विभिन्न बिद्यालयलाई सहयाेग गर्दै जन्म उत्सव मनाउनु भएकाे हाे ।

धारा सहित पानी पिउने जार तथा बाेटल वितरण कार्यक्रममा देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक  खिल बहादुर धमलाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ भैरवी धादिङका अध्यक्ष कृष्णबहादुर पाैडेलकाे प्रमुख आतिथ्यता तथा नेपाल मानव अधिकार संगठन धादिङकाे सभापति कृष्णराज अधिकारी , लायन्स क्लवका पदाधिकारी एवं पत्रकारहरूकाे आतिथ्यता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0