धादिङ । केक काट्ने भाेज भतेर गरेर जन्म दिन मनाउने आम नेपालीहरूकाे चाहना हुन्छ तर सिद्वलेक गाउपालिका वडा नं १ निवासी वेद कुमारी भट्टले त्यसाे गर्नु भएन ।

भट्टले आफ्नाे  ९० औँ जन्माेत्सव सामाजिक कार्यमा सम्लग्न हुँदै आमाकाे माया छात्रावासका असहाय वालवालिकाहरूसंग मनाउनु भयाे ।

उहाँले छात्रावास पुग्नुअघि आफ्नै घरमा जन्म उत्सव पुजा विधि अनुसार अष्टचिरञ्जिवीकाे पुजापाठ गर्नु भएकाे थियाे ।

छात्रावासकाे वालवालिकाहरूलाई दैनिक आवश्यक पर्ने चामल,दाल,नुन,तेल,मसला,साबुन,मन्जन लगाएतका सामाग्री हस्तान्तरण गर्नु भएको थियाे ।

जनजाती कल्यण आश्रम नेपाल द्वारा सञ्चालित आमाको माया छात्राबासमा आफ्नाे जन्मदिन मनाई  बालबालिकालाई सहयोग गर्नु भएकाेमा वेदकुमनरी भट्ट लगायत यहाँकाे सपरिवारलाई सचिव राजेन्द्र राना मगरले धन्यवाद  प्रकट गर्नु भएको ।  जन्मउत्सव कार्यक्रममा वेद कुमारी भट्टका छोरा,बुहारी र छोरी ज्वाइँ लगायत आफ्न्तहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0