धादिङ । नेपाली हिन्दूहरूको दोस्रो ठूलो पर्वतिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज कागतिहार हिन्दू परम्परा अनुसार कागको पूजा गरी कागलाई मिठो खान दिए कागको विशेष पूजा गर्ने गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो-मीठो खान दिई खुसी पार्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0