बद्री पौडेल  , नुवाकोट

मिति २०८२/०१/२७ ,(10,May 2025) का दिन नुवाकोट जिल्लाको बिदुरमा एक समारोहको बीच लाईन्स क्लब अन्तराष्ट्रीय ३२५ आई को चौथो क्याबिनेट बैठक सम्पन्न भएको छ ।

 

 

 

उक्त्त कार्यक्रम ईन्टरनेष्नल डाईरेक्टर इन्डोर्सी उमेदवार लायन राजन लम्सालले गर्नु भयो , डिस्ट्रीक गभर्नर लायन बिनोद ढुङ्गानाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो  , साथै लायन वर्ष २०२५/२६ का डिस्ट्रीक गर्भनर पार्वती खरेल पाण्डे लगाएत डिस्ट्रीकका पदाधिकारी र सदस्यहरु क्लबका अध्यक्ष , सदस्य हरुको उपस्थिति रहेको थियो ।

गर्भनर ढुङ्गानाले ३२५ आई बिश्वमा सबै भन्दा उत्कृष्ट डिष्ट्रीक भएको , २६६ वटा क्लब रहेको यो वर्ष २४/२५ मा ३६ वटा क्लब थपिएको , थुप्रै सामाजिक कार्य गरेको , अस्पताल , खानेपानी , पाठशाला , बनाएको आदि कामको बारेमा बर्णन गर्नु भयो , सबैलाई बधाई तथा धन्यवाद दिनु भयो । प्रमुख अतिथि लायन राजन लम्सालले नेपालमा उठाएको  रकम बिदेश नगैइ नेपालमै खर्च भएको  बत्ताउनु भयो ।

कार्यक्रम नुवाकोटमा रहेका क्लबहरुले आयोजना गरेको हो ।वर्षमा चार  वटा बैठक गर्नु पर्ने भएकोले आज बैठक बसेको हो । काठमाडौं , पर्वत , कास्की पोखरा  र नुवाकोट गरी चार ठाउँ मा बैठक  बसेको हो । लाईन्स क्लबको बैठक ईन्टर्नेष्नल मा पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0