बद्री पौडेल
धादिङ :- लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन हुनुभएको छ ।
आज धादिङबेसी स्थित क्रिक रिसोर्टमा लायन्स क्लब ईण्टर्नेश्नल ३२५ आई अन्तर्गत्को लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको लायन वर्ष २०२५-२६ को लागि निर्वाचन कार्यक्रम नया कार्य समिति गठन गर्दै सम्पन्न भएको छ ।
क्लबको संस्थापक अध्यक्ष कविता ईटनीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको अध्यक्ष सिताराम अडिकारीको र लायन्स क्लब अफ धादिङ भैरबीको अध्यक्ष कृष्ण बद्री पौडेल को आतिथ्यतामा भएको निर्वाचन कार्यक्रमले अध्यक्षमा विक्रम विश्वकर्मा, प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा र १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२५४-२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गरेकी थिईन । जसमा क्लब सञ्चालन गरेको विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा) , चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत दर्जनौ कार्यक्रमको बारेमा समीक्षा गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कविता ईटनी उप्रेती, विशिष्ट अतिथि सिताराम अधिकारी र अतिथि लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल शुभकामना मन्तव्य राखेका थिए भने क्लबका अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै क्लबले गरेका कार्यहरूको बारेमा चर्चा गरेका थिए।
धादिङ अस्पतालका कर्मचारी समेत रहेका नवनियुक्त अध्यक्ष विक्रम विश्वकर्मा सामाजिक क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ ।