बद्री पौडेल
धादिङ, बैशाख ८ – “सहयोगी मन भए जहाँ–जहिले पनि सहयोग गर्न सकिन्छ” भन्ने भावनाको उत्कृष्ट उदाहरण ताइवानबाट नेपाल भ्रमणमा आएका नागरिकहरुले प्रस्तुत गरेका छन्।

‘Find Nepal (फाइन्ड नेपाल)’ नामक गैरसरकारी संस्थाको पहलमा ताइवानी नागरिकहरुले ‘आमाको माया छात्रावास’लाई विभिन्न सामग्री हस्तान्तरण गर्दै सहयोग गरेका हुन्। उक्त सहयोग अन्तर्गत ३ वटा कक्षा कोठाका लागि कार्पेट, १५ वटा झ्यालका लागि पर्दा, स्टेशनरी सामग्रीहरू लगायतका आवश्यक सामग्रीहरु प्रदान गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा ‘आमाको माया छात्रावास’का अध्यक्ष डा. नविन वन्धु पहाडीले यस संस्थाले नगद नभई जिन्सी स्वरूपको सहयोगलाई प्राथमिकता दिने जानकारी दिए। उनले छात्रावासमा रहेका बालबालिकाको आवश्यकता पूरा गर्न यस्ता सहयोगहरू अत्यन्त महत्वपूर्ण हुने बताए।

ताइवानबाट आएका नागरिकहरूले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कार्यक्रममा आमाको माया छात्रावासका सदस्य कृष्ण बद्री पौडेल, आयुर्वेद तथा वैकल्पिक औषधालय धादिङका अध्यक्ष बद्री प्रसाद कोईराला, ताइवानी नागरिकहरू लगायतको उपस्थिति रहेको थियो।

स्थानीय तथा अन्तर्राष्ट्रिय सहयोगी हातहरू मिलेर बालबालिकाको उज्यालो भविष्य निर्माणमा योगदान पुर्‍याउने यस्ता पहलहरूले सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0