धादिङ, २७ जेष्ठ २०८३
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सूचना तथा विज्ञापनसम्बन्धी नीतिगत स्पष्टता कायम गर्न तथा सञ्चारकर्मीमाथि हुने विभेदपूर्ण व्यवहारको अन्त्य गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले धर्ना दिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङको मूल गेटअगाडि पत्रकारहरूले धर्ना दिएका हुन्। जिल्ला शाखा धादिङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
धर्नाका क्रममा पत्रकारहरूले विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए। उनीहरूले आफ्ना मागप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।
उक्त धर्ना कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नेपाल मानव अधिकार संगठन धादिङ लगायतका विभिन्न संघसंस्थाहरूले ऐक्यबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0