अरुण पौडेल ,अष्ट्रेलिया 9 july 2026

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज (Anthony Albanese) ले मेलबर्नमा आयोजित कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएकोमा धन्यवाद व्यक्त गर्दै अस्ट्रेलियामा बसोबास गर्ने भारतीय समुदायको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।

प्रधानमन्त्री अल्बानिजले भारतीय समुदायले आधुनिक अस्ट्रेलियाको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनीहरूको मेहनत, सीप र सहभागिताले अस्ट्रेलियालाई अझ समृद्ध र विविधतायुक्त राष्ट्र बनाउन मद्दत पुगेको बताउनुभयो।

उहाँले मेलबर्नमा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलिया र भारतबीचको विशेष मित्रता र साझेदारीको उत्सव मनाइएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ बलियो बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

अल्बानिजले व्यापार, शिक्षा, प्रविधि, सुरक्षा तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा अस्ट्रेलिया–भारत सहकार्यलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0