धादिङ, साउन ९, २०८३

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५–आई अन्तर्गत लायन वर्ष २०२६/०२७ को रिजन–९ को प्रथम बैठक शनिबार धादिङ स्थित  क्रीक रिसोर्टमा सम्पन्न भएको छ।

रिजन चेयरपर्सन लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन कृष्ण बद्री पौडेल प्रमुख अतिथिका रूपमा तथा रिजन चेयरपर्सन लायन कृष्ण प्रसाद ढकाल (शिशिर) विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

बैठकमा लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष लायन प्रकाश सापकोटा, लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन हरिकुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल, लायन्स क्लब अफ धादिङ हाइटका सचिव लायन विष्णु श्रेष्ठ लगायत विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी क्लबका अध्यक्षहरूले आफ्नो क्लबबाट हालसम्म सम्पन्न भएका सेवा तथा सामाजिक कार्यहरूको समीक्षा प्रस्तुत गर्नुका साथै आगामी तीन महिनाभित्र सञ्चालन गरिने कार्यक्रम तथा कार्ययोजना रिजन चेयरपर्सन लायन बद्री अधिकारीसमक्ष हस्तान्तरण गरेका थिए।

बैठकमा सेवा, सदस्यता विस्तार, नेतृत्व विकास तथा आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। विभिन्न निर्णयहरू पारित गर्दै बैठक सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0