काठमाडौं ,२०८३ असोज ९ गते

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विनाशकारी बाढीबाट प्रभावित नेपालप्रति अष्ट्रेलियाको ऐक्यबद्धता र सहयोग निरन्तर रहने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीबाट प्रभावित नेपालीप्रति अष्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरेका हुन्।

As Nepal recovers from catastrophic floods and devastation, Australia stands with its people as they rebuild and grieve.

Meeting with Prime Minister Balen Shah at the United Nations today, I offered Australia’s deepest sympathies to those affected and detailed Australia’s aid efforts so far.

Our thoughts remain with the families and loved ones of those Australians who are still missing.

We’ll keep working with Nepal to get help where it’s needed most.

अल्बानिजले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँगको भेटबारे जानकारी दिँदै नेपाल विनाशकारी बाढी र ठूलो क्षतिबाट पुनःस्थापनाको चरणमा रहेको उल्लेख गरेका छन्। उनले नेपाली जनताको पुनर्निर्माण र शोकको यस कठिन समयमा अष्ट्रेलिया नेपालसँगै उभिएको बताएका छन्।

भेटका क्रममा अल्बानिजले बाढी तथा विपद्बाट प्रभावितहरूका लागि अष्ट्रेलियाले हालसम्म गरिरहेको सहयोगका प्रयासबारे पनि जानकारी गराएको बताएका छन्।

उनले नेपालमा भएको विपद्का कारण प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै सहयोग आवश्यक पर्ने स्थानमा सहायता पुर्‍याउन अष्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले अझै सम्पर्कविहीन रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तहरूप्रति पनि गहिरो समवेदना व्यक्त गरेका छन्।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनधन र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले नेपालप्रति सहयोग र ऐक्यबद्धता व्यक्त गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0