बिश्वास सिलवाल ,धादिङ ,२०८३ असोज १६ गते

नीलकण्ठ बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका लागि प्राथमिक उपचार तालिम आजदेखि सुरु भएको छ। Youth Red Cross Circle, Nilkantha Multiple Campusको आयोजनामा सञ्चालन भइरहेको तालिममा २४ जनाको कोटामा २४ जना नै विद्यार्थी सहभागी भएका छन्।

Youth Red Cross Circle, नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष सन्दीप रिजालका अनुसार तालिमको उद्देश्य विद्यार्थीहरूलाई आकस्मिक दुर्घटना, चोटपटक तथा विपद्का समयमा आवश्यक पर्ने प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप प्रदान गर्नु हो।

तालिमबाट प्राप्त ज्ञानलाई विपद् जोखिमका अवस्थामा तथा अन्य आपतकालीन स्थानमा प्राथमिक उपचार प्रदान गर्न प्रयोग गर्न सकिने अध्यक्ष रिजालले बताउनुभयो। तालिम असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0