धादिङ , करीब एक वर्ष पछी धादिङ जिल्ला अदालत र बार एशाेशिएशन बिच संयुक्त बैठक माननीय जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
बैंठकलाई सम्बाेधन गर्दै माननीय जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्तोलाले बार र बेन्च काे साझा उद्देश्य  भनेकै न्यायलाई छिटाे छरीताे बनाई पिडितलाई न्याय दिलाउनु रहेकाेले फैसलालाई तिब्रता दिइने बताउनु भयाे ।
बैंठक संचालनकाे क्रममा  अदालतकाे  तर्फबाट श्रेष्तेदार माधव  भण्डारी ले गत अ।.ब.मा बांकी रहेकाे ५३२ थान र यस अ।.ब.काे कार्तिक मसान्तसम्म मा दर्ता भएकाे नयां मुद्दा २८२ थान गरी जम्मा  ८१४थान रहेकाेमा   हाल सम्ममा ३१५  थान  मुद्दा  फैसला भै कार्यान्वयनकाे चरणमा रहेकाे जानकारी गराउनु भयाे ।
बार  एशाेशिएशनकाे  तर्फबाट  बारका  अध्यक्ष अधिवक्ता टंक कुमार श्रेष्ठले  कुनै समय १७ सय भन्दा बढी थान मुद्दा संख्या रही फैसला ढिलाे भैरहेकोमा हाल समयमै मुद्दा काे फैसला भै पिडितले न्याय पाउनु राम्रो रहेकाे , बार र बेन्च बिचकाे संबन्ध राम्रो रहेकाे कुरा राख्दै फैसला अनुरू फैसला कार्यान्वयन काे पक्ष ४२ प्रतिशत भन्दा कम रहेकाेले यसमा सुधार गर्नु पर्ने कुरा राख्नु भयाे ।
बैठकमा माननीय जिल्ला न्यायाधीश मनकुमारी जियम बि.क.लगायत अदालतका कर्मचारीहरू र बार एशाेशिएशनका   पदाधिकारी  कानुन  व्यवसायी अधिवक्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0