धादिङ ,जिल्लाको सदरमुकाम धादिङबेशीमा आजदेखि सडक नेवाः खाना उत्सव २०८१ हुने भएको छ । सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ झिंगु नेवाः समाज धादिङले खाना उत्सवको आयोजना गरेको हो ।

नेवारी समुदायको भाषा, सस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

सडक खाना उत्सवमा १५ सय भन्दा माथिले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए अवलोकन मा सांस्कृतिक कार्यक्रमहरु का साथ खाने, रमाइलो गर्ने र नेवारी परिकारको स्वादसँगै नेवारी संस्कृतिको बारेमा जानकारी लिन पाउने छन्’ उनले भने ।

विभिन्न जातजातिका कला संस्कृति जगेर्णा तथा संरक्षणमा वडाले काम गर्दै आएको नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सबैले समान रुपमा काम गरिरहेका छौं । झिंगु नेवाः समाज धादिङले जुन खालको सडक खाना उत्सवको आयोजना गरेको छ । यसले वडा मात्र नभएर सिंगो नगरपालिकालाई प्रत्यक्ष लाभ पुग्ने छ । यो पहिलो भए पनि आगामी दिनमा यसले निरन्तरता पाउनु पर्छ । वडाले पनि सहयोग गर्ने छ’ उनले भने ।

आजदेखि सुरु हुने सडक नेवाः खाना उत्सव दिउँसो २ वजेदेखि सुरु भएर साँझ ८ वजे सकिने छ । यो रोड महोत्सव आज र भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0