धादिङ । 
नेपाल पत्रकार महासंघ धादिङको  महाधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा सितनराम अधिकारी निर्वार्चित हुनुभएको छ । अधिकारीले ४२ मत प्राप्त गरी बिजयी भएका हुन् । कूल ८० मत मध्ये ७३ मत खसेकोमा अधिकारीले ४२ मत प्राप्त गरी बिजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्धन्द्धी राजन अधिकारीले ३१ मत  मात्र प्राप्त  गरे ।

त्यसैगरी महिला उपाध्यक्षमा सरिता श्रेष्ठले ५१ मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटक प्रतिद्धन्द्धी रविना वि कले २९ मत प्राप्त गर्नुभयो । काेषाध्यक्ष पदमा बद्रि अधिकारी विजयी हुनुभयाे । अधिकारीले ३८ मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी शिवराज आचार्यले ३५ मत प्राप्त गर्नुभयाे ।

त्यसैगरी सदस्य पदमा उपेन्द्र अधिकारीले ३९, पुरूषाेतम ढुङ्गानाले ५२, मनिष श्रेष्ठले ६५ र विनाेद तमुले ५९,र सन्दिप घिमिरेले ३९ मत प्राप्त गरी बिजयी बन्नुभयो ।

>त्यसैगरी उपाध्यक्ष मा मनिष दुवाडी,   सचिबमा सन्तोष श्रेष्ठ र  केही सदस्यपदहरूमा यस अघि नै निर्विराेध निर्वाचन भईसकेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0