नेपाल पत्रकार महासंघको सत्ताइसौँ अधिवेशन जारी रहँदा धादिङमा ९२% मत खसेको छ। 

कुल ८३ जना मतदाता रहेको धादिङमा तीनजना मतदाताले मतदान प्रक्रियामा भाग लिन नपाउने भएपछि ८० जनामा सीमित रहेको थियो।  नेपाल पत्रकार महासङ्घ धादिङको अधिवेशनमा प्रेस युनियन धादिङ र प्रेस चौतारी नेपालको तर्फबाट साझा उम्मेदवार सीताराम अधिकारी र प्रेस सेन्टर धादिङको तर्फबाट राजन अधिकारी  तथा स्वतन्त्र पत्रकार  शिव सिलवाल सहित तीन जनाले अध्यक्ष पदको लागि उम्मेदवारी  दिएका छन्। 

दिउँसो ३ बजेसम्मको मतदानको अवस्थालाई हेर्दा ८२% मत खसिसकेको मतदान संयोजक सुदर्शन खतिवडाले जानकारी दिनुभयो। अब केही समयभित्रै मतदान प्रक्रिया सकिने र मतगणना गरिने संयोजक खतिवडाले बताउनुभयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0