ईश्वर थापा मगर
धादिङ । कम्प्युटर एसाेसियसन नेपाल महासंघ धादिङले १ थाम कम्प्युटर बाैद्धिक अपाङ्गताका अभिभावक संघलाई आज एक कार्यक्रम गरि हस्तान्तरण गरेकाे हाे । सूचाना प्रविधिकाे अभियान डिजिटल नेपालीको निर्माण भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२५ काे अवसरमा साे कम्प्युटर CAN federation धादिङका अध्यक्ष लेख बहादुर श्रेष्ठ (कृष्ण ) ले संस्थाकाे  प्राङ्गणमा हस्तान्तरण गरेका हुन् ।

साे कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार श्रेष्ठ , पूर्व गा वि स अध्यक्ष नन्दप्रसाद रिजाल , समाज सेवी बिनाेदमान श्रेष्ठ , CAN federation का उपाध्यक्ष सन्ताेष अधिकारी, सचिव द्रोण प्रसाद दुवाडी, अन्य सदस्यहरू, बाैद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष गर्भेबहादुर मिझार, सचिव  माेतिराम कडरिया, पूर्व अध्यक्ष केशवराज रिजाल, शिक्षिका शर्मिला अधिकारी, सनराइज कम्प्युटरकी  कमला श्रेष्ठ लगायत अन्य बाैद्धिक अपाङ्गता भएका बालबालिकाहरूकाे उपस्थिति रहेकाे थियो ।

उक्त कार्यक्रममा लेख बहादुर श्रेष्ठ र कमला श्रेष्ठको १७औ  वैवाहिक वर्षको उपलब्धमा ३ वटा लाे बेड पनि सहयोग गरेका थिए । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी विष्णु तामाङले बाैद्धिक अपाङ्गता बालबालिकाहरूका लागि  भाेजनकाे व्यवस्था पनि गरेकी थिइन ।

आफ्नाे आम्दानीको केही अंश यस्ता क्षेत्रमा खर्च गर्न पाउँद म धेरै खुसी छु साथै अन्य  शुभेच्छुक तथा सहयोगी मनहरूलाई यस नमुना बाैद्धिक अपाङ्गता विशेष विद्यालयमा रहेका बालबालिकाहरूलाई आफ्नो कमाईकाे केही अंश दान गर्दा धेरै पुण्य कमाइने CAN का अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0