धादिङ — धादिङ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार जिल्लामा रहेका कुल २ लाख ७५ हजार २८० मतदातामध्ये १ लाख ३८ हजार ४४७ मत खसेको छ। यो कुल मतदाताको ५०.२९ प्रतिशत हो।
निर्वाचनका क्रममा जिल्लाका सबै मतदान केन्द्रहरूमा सुरक्षाको उचित व्यवस्था मिलाइएको थियो। मतदाताहरूले बिहानदेखि नै उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए।
मतदान सम्पन्न भएसँगै अब सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी तोकिएका स्थानमा ल्याइने र त्यसपछि मतगणना प्रक्रिया सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0