बिश्वास सिलवाल , धादिङ , वैशाख  २७
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङदेखि नागढुङ्गासम्मको सडक निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुहरूले दैनिक सास्ती भोग्न बाध्य भएका छन्। सडक विस्तारको काम सुस्त गतिमा अघि बढ्दा धुलो, हिलो, खाल्डाखुल्डी तथा लामो ट्राफिक जामका कारण यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित बनेका हुन्।

विशेषगरी वर्षायाममा सडक हिलाम्मे हुने र सुख्खायाममा अत्यधिक धुलो उड्ने समस्याले सर्वसाधारण, बिरामी, विद्यार्थी, कर्मचारी तथा पर्यटकलाई यात्रा गर्न निकै कठिन भइरहेको यात्रुहरूले बताएका छन्। निर्माण कार्यका क्रममा पर्याप्त व्यवस्थापन नहुँदा कतिपय स्थानमा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयवासीको भनाइ छ।

देशकै व्यस्त तथा महत्वपूर्ण राजमार्गमध्ये एक मानिने पृथ्वी राजमार्गको अवस्था लामो समयसम्म सुधार हुन नसक्दा यात्रुहरू आक्रोशित बनेका छन्। यात्रुहरूले निर्माण कार्यलाई तीव्र, व्यवस्थित र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0