धादिङ, जेठ ८ — धादिङको थाक्रे गाउँपालिका–७ राम्चे स्थित ढुंगा खानी क्षेत्रमा शुक्रबार भएको दुर्घटनामा ट्रिपर चालक ३५ वर्षीय देवेन्द्र खत्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार खानी क्षेत्रमा माथिबाट अचानक ठूलो ढुंगा खस्दा ट्रिपर पुरिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक खत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनापछि स्थानीयवासी तथा प्रहरीको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। दुर्घटनाले ट्रिपरमा ठूलो क्षति पुगेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै खानी क्षेत्रमा सुरक्षा मापदण्डको पालना गर्नुपर्ने विषय फेरि चर्चामा आएको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0