काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन तथा अध्यावधिक कार्यलाई प्रभावकारी बनाउन विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समाहित भएका व्यक्तिहरूलाई सदस्यता प्रदान गर्ने कार्यका लागि काठमाडौं जिल्ला संयोजनमा धादिङका ईश्वर अधिकारीलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरेको हो । उक्त बैठक नेपाली कांग्रेसका सभापति गगन कुमार थापाकाे उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।
पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई सहज, व्यवस्थित तथा द्रुत बनाउन सातवटै प्रदेशमा समेत प्रदेश केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको समितिले जनाएको छ ।
यसैबीच, नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणले छुटेका पुराना क्रियाशील सदस्यहरूको नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ २१ गतेभित्र सम्पन्न गर्न केन्द्रीय समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
काठमाडौं जिल्ला संयोजकमा धादिङका ईश्वर अधिकारी केन्द्रीय प्रतिनिधि नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1
+1






