नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङले नागरिक सम्मान तथा नेपालकाे संविधान र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बिभिन्न क्षेत्रमा रहेर आम नागरिकहरुलाई सु–सुचित गराउन महत्वपूर्ण भुमिका खेलेको भन्दै चारजनालाई सम्मान गरेको हो ।
आज नेपालको संविधान र मानव अधिकार विषयक अन्तरक्रिया तथा शुभकामना कार्यक्रमको आयोजना गरि डाक्टर कृष्णमान शाक्य, नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका पुर्व सचिव कृष्ण लाल श्रेष्ठ, धादिङ सोसियल भोलेन्टरका अध्यक्ष भेषराज ठकुरी र पत्रकार एवं संचारकर्मी सुशिला विश्वकर्मालाई सम्मान गरेको हो






