संचार जगतलाई राज्यको चाैथाे अंगकाे रूपमा लिने गरिन्छ । सही समाचारले सरकारलाइ निरंकुस हुनबाट राेक्न सक्छ । सरकारकाे असली ऐना भनेकै संचार क्षेत्र हाे । पत्रकारिता भन्नाले सुचना, सन्देश, वा जानकारीकाे सङ्कलन , लेखन, प्रशाेधन तथा सम्पादन गरि प्रकाशन प्रसारण गर्ने कार्यलाई बुझाउछ । पुरातन् मान्यता अनुसार समाचार पत्रमा लेखिने लेखनलाई मात्र पत्रकारिता भनिन्थ्याे । जब रेडियाे टेलिभिजन,अनलाइन खबर पत्रिका जस्ता सञ्चार माध्यमहरूकाे उदय भैसकेकाे छ । यिनीहरू सबै पत्रकारिताका फरक रूपहरू हुन। अनलाईन सञ्चार कम्प्युटर वा फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाईन सञ्चारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ ।
पत्रकारिता विधाकाे सबै भन्दा कान्छाे विधाकाे रूपमा अनलाईन पत्रकारितालाई लिनु पर्दछ । अनलाईन पत्रिकाको प्रारम्भ भने सन् १९९०मा प्रवेश भएकाे थियाे । सन् १९९२मा अमेरिकाको शिकागो ट्रिव्यन अनलाईनको रूपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तवमा अनलाईन पत्रकारिताको शुरुवात भएको मानिन्छ । नेपालमा पनि सन १९९५ मा अनलाईन पत्रकारिताको प्रारम्भ भएकाे थियो। नेपालमा अनलाईन पत्रकारिताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ। मर्कन्टाइलले नै सन १९९८मा नेपाल न्यूज डटकमको रूपमा आफ्नै अनलाईन पत्रिकाको शुरुवात गरेकाे थियाे । हाल आएर रेडियाे , टेलिभिजन जस्ता सञ्चार माध्यमहरू पनि अनलाईन माध्यमवाट सञ्चालन हुन थालेका छन् ।
अनलाईन पत्रकारिताकाे क्षेत्रमा धादिङ सदरमुकाम धादिङवेसीमा आफ्नाे कार्यालय स्थापना गर्दै विशेष गरि धादिङ, काठमान्डाै र यस आसपासका जिल्लाहरूलाई केन्द्रबिन्दु बनाएर खाेलिएकाे नयाँ अनलाईन पत्रिका हाे “त्रिकाेण खवर डट कम “। यहि मिति २०८० साल पाैष ०८ गते कम्पनि रजिष्टारकाे कार्यालयमा दिव्य त्रिकाेण मिडिया हाउस प्रा लि नामक कम्पनि दर्ता गरि साेहि कम्पनि मार्फत सञ्चालन हुने त्रिकाेण खवर डट कम सञ्चार रजिस्ट्रार कार्यालय हेटाैडामा मिति २०८० पाैष २३ गते र प्रेस काउन्सीलमा २०८० माघ ०३ गते दर्ता कायम भएकाे छ ।
“सन्तुलित समाचार र वस्तुनिष्ठ बिष्लेषणकाे सम्वाहक” त्रिकाेण खवर भन्ने मुल नाराका साथ सञ्चालनमा आएकाे त्रिकाेण खवर सत्य घटना, यथार्थ परक सुचना , सहि विष्लेषणलाई जाेड दिईने छ । आउदा दिनहरूमा धादिङमा रहेका रेडियाे, टेलिभिजन, अन्य अनलाईन समाचार माध्यमहरू, नेपाल पत्रकार महासंघ धादिङ लगायत सबै सञ्चार माध्यम ,पत्रकारज्यूहरू, राजनिती कर्मी , नागरीक समाज, पेशागत संजाल, अधिकार कर्मी , महिला बालबालिका तथा शिक्षक विद्यार्थी लगायत सबैसंग हातेमालाे गर्दै सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गर्दछाै ।
![]()






