नेपाल सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ।

बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो।

निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

बढेकाे नयाँ मुल्यसुचि अनुसार अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।

त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ।

खाना पकाउने ग्यासको भाउ भने देशभर १ हजार ९ सय १० रूपैयाँ भएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1