धादिङ – जातिय छुवाछुत र सामाजिक भेदभाव बिरुद्धको ऐन २०६८ तथा सविधान कार्यान्वयन बिषयक दलित जनप्रतिनिधिहरुलाई १ दिने अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति धादिङको आयोजना नीलकण्ठ नगरपालिकाको सहकार्य र दलित समुदायका लागी कानुनी सहायता तथा सुचना सचेतना केन्द्रको सयोजनमा जिल्ला समन्वय समिति धादिङको सभाहलमा कार्यक्रम भएको हो ।
कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान वि क को प्रमुख अतिथ्यता – राष्ट्रिय सभाका सदस्य माननीय भुवन बहादुर सुनार विशेष अतिथ्यता – नगर उपप्रमुख दिपक विश्वकर्मा , अतिथिहरूमा गाेपाल बिश्वकर्मा राजाराम शर्मा, जिल्ला प्रसासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लगायत अन्य बुद्धि जीवी दतितहरू र 13 वटै पालिकाका दलित कार्यपालिका सदस्य तथा अन्य सदस्यहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो ।






