धादिङ । धादिङ जिल्लाकाे गजुरी गाउपालिका त्रिशुली किनारमा यति वेला सेताम्मे काँस फुलेकाे देख्न पाईन्छ । पृथ्वी राजमार्ग भएर काठमान्डाै भित्रने र काठमाडौवाट वाहिरिने जाे काेहिले पनि राजमार्गकाे छेउछाउमा याे दृश्य देख्न सकिन्छ ।

काँस नेपालमा पाइने एक किसिमको घाँस हो। सेताे रंगकाे झुप्पै फुल फुल्ने कुस जातकाे एक प्रकारकाे झार हाे । यो घर छाउने खरको रूपमा पनि प्रयोग हुन्छ।
सेताम्मे फुल्ने काँसले प्रकृतिक साैदर्यता वढाएसंगै वर्षायाम सकिएकाे र चाडपर्व नजिकिएकाे आभास गराउछ ।
अहिले आएर खाेला किनाराहरूमा वनमारा झारकाे वाहुल्यता वढेसंगै काँस फुल्ने पाखाहरूमा केहि कम मात्रामा काँस फुलेकाे देखिन्छ । चैत बैशाखमा काँसलाई धाँसकाे रूपमा घरपालुवा जनावर (गाई भैंसी) लाई खुवाउदा दूध वढ्नुका साथै माेटाे पन पनि वढ्ने किसानहरू वताउछन् ।

प्राय: गरेर फुलेकाे काँस काटेर गाई भैसीकाे गाेठमा फरिकाे वुन्ने वारकाे रूपमा समेत प्रयाेग गरिने मलेखुका किसान चित्र मगरले वताउनु भयाे । काँस भएका फाँटहरूमा गाई भैसीहरूकाे गाेठ राख्ने पनि चलन थियाे । काँस फुल्दा पाखाहरू नै सेताम्मे हुने जस्ले गर्दा त्यस ठाउकाे वातावरण धेरै रमणिय र लाेभलाग्दाे हुन्छ मगरले भन्नुभयाे ।








