काठमाडौं , सहकारी ठगी र बैंकिङ कसुरको मुद्दामा मुद्दा मिलापत्रको लागि बाटो खुला भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलनमार्फत गत मंगलबार महान्यायाधिवक्ता रमेश बडालले जनकारी दिनुभएको छ ।
महान्यायाधिवक्ता रमेश बडालले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर मुद्दा र बैंकिङ कसुरमा मुद्दा चल्ने बताउनुभयो । ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरु पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने कुरा बताउनुभयो ।
महान्यायाधिवक्ता बडालले हालै संसदले दिएको सुझावले पनि पीडितलाई छिटो भन्दा छिटो राहत दिनु पर्ने बताउनुभयो । फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा हालसम्म कमै भएकाे कुरा बताउनुभयो । अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै मान्दै आएकामा अब देखि कानूनी व्यक्ति पनि सर्वसाधारण भित्र पर्ने सर्वोच्च अदालतको फैसलापछि कानूनी व्यक्ति अर्थात संस्थाहरुको विषयहरु पनि मिलापत्र भित्र समावेश गर्न निर्देशन दिएको बताउनुभयो । अपराधिक विश्वासघात, ठेक्कापट्टासँग सम्बन्धित रहेका कतिपय घटनालाई पनि मिलापत्र अवस्था हेरी गर्नसक्ने व्यवस्था गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






