प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत ठगी गर्नेहरूलाई कारबाही भैरहेको बताएका छन् ।
यसै बिच हालसम्म ६ सय जनाभन्दा धेरैलाई कानुनी कठघरामा लगिएकाे, पाँच सय ७५ जनाभन्दा बढी जेल परीरहेका बताए ।सहकारी बचतकर्ताहरूको बचत फिर्ता गर्न आवश्यक ऐन समेत तर्जुमा भैसकेको बताए ।
सरकार गठन भएको १०० दिन पुगेका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएका हुन ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषय एकछिन गरिने हल्ला र सुटिङजस्तो नरहेको कुरा पनि कार्यक्रममा बताए ।






