काठमान्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी ले गरिरहेको आन्दोलनप्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि सम्बन्धित दलका कार्यकर्ता र पार्टी नेतृत्वले गरेको आन्दोलनप्रति मानव अधिकार संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

 

गृहमन्त्री रवि लामिछाने उपर सहकारी ठगी सम्बन्धी मुद्दाको आरोप लागि अनुसन्धान भइरहेको समयमा उक्त पार्टीका नेता तथा जनप्रतिनिधिहरुले अनुसन्धान र अदालतलाई प्रभावित पार्ने उद्देश्यले उद्देश्यले गरेको सडक आन्दोलन र न्यायालय न्यायमूर्तिहरू तथा अनुसन्धान गर्ने निकायका प्रमुखहरू समेत माथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालबाट भइरहेको अनगल टिका टिप्पणीप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल मानव अधिकार संगठन केन्द्रीय समितिका अध्यक्ष इन्द्रप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

लोकतान्त्रिक प्रणाली र कानुनी शासन सुद्रीकरणका लागि लोकतन्त्रका संस्थागत संरचनाहरूको सम्मानका साथै भयरहित ढंगले काम गर्ने वातावरणको सुनिश्चितता गर्नु राजनीतिक दल र तिनका नेतृत्व तथा जनप्रतिनिधिहरूको नैतिक तथा संवैधानिक कर्तव्य हो।

 

आरोपित व्यक्तिको अनुसन्धान भइरहँदा उसको निर्दोषिताबको दलिल सडक तथा सामाजिक सञ्जालबाट पेश गर्ने न्यायिक विवेकलाई प्रभावित  पार्नको लागि जनदबाब सिर्जना गर्ने र अदालत तथा न्यायाधीशहरूको अनगल टिप्पणी गर्ने कार्यले स्वतन्त्र न्यायपालिका विधिको शासन संवैधानिक सर्वोच्चता मानव अधिकारको सम्मानमा आँच पुग्ने र निष्पक्ष न्याय निरूपणमा अवरोध खडा गराइएको छ भन्नेमा यो संगठन विश्वस्त छ।

अत आफूमाथि लागेको आरोपलाई चित टुङ्गोमा पुर्‍याउन आरोपित लगायत सबैको जिम्मेवारी र आरोपको खण्डनका लागि वैधानिक प्रक्रियाहरू मात्र अवलम्बन गर्न तथा आफ्नो नियमित कार्य गरेकै भरमा न्यायालयलाई विवादमा नतान्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेतृत्वलाई र गैरकानुनी हर्कतहरुलाई नियन्त्रण गर्न नेपाल सरकार तथा सरकारवाला सम्पूर्णमा हार्दिक अपिल गर्दछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0