धादिङ । नीलकण्ठ न पा ९ ज्यामिरे भन्ज्याङमा रहेको प्रसन्न स्वास्थ्य आमा सहकारी संथा लिमिटेडको आज दशौ साधरण सभा तथा तेस्रो अधिबेसन सम्पन्न भएको छ , संथाका अध्यक्ष अ्म्बीका दुवाडीको अध्यक्षता कार्यक्रम भएको , उक्त कार्यक्रमको प्रमुख अतिथि बाग्मती प्रदेशका सांसद तथा नेपाली काङ्रेसका प्रमुख सचेतक गोबिन्द प्रसाद लंसाल , वडा न ९ का वडा अध्यक्ष राजन बराली , मुरली भङ्ज्याङ स्वास्थ्य चौकीका पूर्ब स्वास्थ्य चौकी प्रमुख कृष्ण बद्री पौडेल , ठाकुर परियार, साना किसान सहकारी का अध्यक्ष दुर्गा दुवाडी लगाएतको आतिथेयता रहेको थियो ।
प्रमुख अतिथि गोबिन्द प्रसाद लम्सालले यो सहकारी आमाहरुको बालबालिका किशोर किशोरी को लागि स्वास्थ्यमा काम गर्ने भएकोले आफुले सक्दो सहयोग गर्ने बत्ताउनु भयो । संथामा हाल झण्डै ९६ लाखको करोवार भएको छ । कृष्ण बद्री पौडेलले यो सहकारी स्वास्थ्य सङ मिलेर काम गर्ने सहकारी हो , यसले एम्बुलेन्स सेवा, टेलिमेडिसिन सेवा , आमा , बच्चा , किशोर किशोरी आदि मा स्वास्थ्यको काम गर्न , चेतना फैलाउन स्थापना गरेको बत्ताउनु भयो ।
तेस्रो अधिबेशनबाट तपशिलको कार्यसमिति गठन भएको छ ।
१ अध्यक्ष , अ्म्बिका दुवाडी
२ उपाध्यक्ष , ठग कुमारी कोईराला
३ सचिब , साबित्रा कोईराला
४ , कोषाध्यक्ष , शारदा लम्साल
५, सदस्य , राम माया रेग्मी
६, सदस्य , कमला लम्साल
७ सदस्य , मिश्रा श्रेष्ठ
८ सदस्य , नन्दमाया श्रेष्ठ
९ सदस्य , बिजुली श्रेष्ठ
१० सदस्य , गङाप्रभा लम्साल
नव गठित समितिलाई निर्वाचन मण्डलका सम्योजक रामहरि कोईरालाले सपथ गराउनु भएकाे थियाे ।






