बाबुराम फ्युबा ।धादिङ
रुवी भ्यालीः ५ डिसेम्बर २०२४, का दिन “दिगो विकास लक्ष प्राप्तीको! लागि स्वयम सेवी योगदानको पहिचान” नाराका साथ विश्वभरी अन्तराष्ट्रिय स्वयम दिवस मनाएको छ । उक्त अवसरमा बागमती प्रदेश, धादिङ जिल्लाको रूवी भ्याली वडा नं. १ पुरु स्थित जिल्लाकै एक मात्रा लामा स्कुल साम्तेन छ्योलिङ गोन्पा बिद्यालयमा स्थानीय अभिभावक, प्रदेश सांसद श्री आशा लामा, अन्तराष्ट्रिय बुद्दिष्ट एकेडेमीका खेन्बो कमल भन्डारीको उपस्थितमा स्ययम सेवा दिवस मनायो । उक्त कार्यक्रममा खेन्बो र सांसद ज्युबाट आवशिय लामा विद्यार्थीहरूको लागि मेमोरियल विश्व विद्यालय क्यानाडाका विद्यावारिधिमा संलग्न प्रतिज्ञा रेग्मीद्वारा प्राप्त खाद्य सामग्री लामा विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो । अन्तराष्ट्रिय स्वयम सेवा दिवसको उपलक्षमा लामा गुरुहरू र स्थानीय अभिभावक वीच लामा स्कुललाई कसरी अझ व्यवस्थित गर्न सकिन्छ भनेर छलफल गरिएको थियो । हाल उक्त लामा स्कुलमा १४ जना लामा बिद्यार्थीहरू आवशिय रुपमा अध्यायनरत छन् । लामा बिद्यार्थीहरू छिमेकी पालिका र अन्य वडाहरूको समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0