ईश्वर थापा मगर/कृष्ण बद्री पौडेल
धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा माघे संक्रान्तिको अवसर पारी सदाको वर्षहरू झैँ यस वर्ष पनि गोरु जुधाई तथा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो। हाम्रो संस्कृति हाम्रो पहिचान आन्तरिक पर्यटन प्रवद्धन धुवाकोटको अभियान भन्ने मुल नाराका साथ आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ९ हल गोरु जुधाइएको थियो।प्रतियोगितामा थप नारायण श्रेष्ठको गोरुले समूह कबाट विजयी भएको थियो। त्यस्तैगरी समूह क मा विष्णु कार्कीको गोरु उपविजेता बनेको थियो। त्यसैगरी प्रकाश वस्तीको गोरु उपविजेता बन्न सफल भएको थियो।गोरु जुधाई प्रतियोगितामा प्रेमप्रसाद लामिछानेको गोरु विजयी भएको थियो भने सुजन अधिकारी र सन्तोष घिमिरेको गोरु बराबरी भएको थियो।प्रतियोगितामा विजयी गोरु धनीलाई नगद रु १२ हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी उपविजेता विष्णु कार्की र प्रकाश वस्ती गोरुधनी कृषकहरुलाई रु १० १० हजार नगदद्वारा पुरस्कृत गरिएको थियो।
सोही कार्यक्रममा समूह खबाट खडगबहादुर मगर नरबहादुर कार्की हिरालाल श्रेष्ठको गोरु विजयी भएको थियो। समूह ख बाट विजयी हुनुहुने गोरुधनी कृषकहरूलाई नगद १० १० हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो। समूह ख मा कुमार कार्की र हेमप्रसाद घिमिरेको गोरु बराबर भएको थियो। बराबरीमा रहन भएका गोरु धनी कृषकहरुलाई नगद रु ९र९ हजार द्वारा सम्मान गरिएको थियो।
त्यसैगरी समूह गबाट हिरण्यप्रसाद सापकोटाको गोरु प्रथम भएको थियो। बाट प्रथम हुने कृषक हिरण्यप्रसाद सापकोटा लाई रु ८००० नगदद्वारा सम्मान गरिएको थियो समूह ग मा कृष्णप्रसाद वस्ती र कुमार कार्कीको गोरु हारजित हुन नसकी बराबरीमा रहेको थियो बराबरीमा रहनुहुने कृष्ण प्रसाद वस्ती र कुमार कार्कीको गोरु तथा गोरु धनी कृषकहरुलाई नगद रु ७ हजार रुपैयाँ द्वारा सम्मान गरिएको थियो।
संस्कृति संरक्षण तथा पर्यटन प्रवद्धन केन्द्र धुवाकोटको आयोजनामा सम्पन्न गोरु जुधाई कार्यक्रम तथा विरोध सांस्कृतिक कार्यक्रममा बागमती प्रदेश का सांसद तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लमसालको प्रमुख अतिथ्यथा रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमला क्षेत्रीय सभापति राकेश धमला नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइराला नीलकण्ठ नगरपालिकाका पूर्व उपप्रमुख मनराज भण्डारी लगायत को विशेष आतिथ्यता रहेको थियो।
गोरु जुधाई कृर्षि तथा हस्तकला प्रर्दशनी र साँस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक गायिकाहरू कृष क्षेत्री, जुना एसडी, खुस्बु सुनार लगायतका चर्चित कलाकारहरूले प्रस्तुतिदिनुभएको थियो । कार्यक्रममा स्थानीय कृषकहरूले उत्पादन गरेको स्थानीय कृषि उत्पादन तथा हस्तकलाको प्रदर्शनी समेत गरिएको धुवाँकोटबाट सन्तोष बस्ताकोटीले जानकारी दिनुभयो।
कार्यक्रम स्थलमा नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको






