बद्री पौडेल , धादिङ ,

आज श्रावण  २४ — आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा देशभर जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व धुमधामका साथ मनाइँदैछ। बिहानै नदी, पोखरी तथा तीर्थस्थलहरूमा स्नान गरी देवताको पूजा गर्ने, ब्राह्मणबाट रक्षा सूत्र (डोरा) बाँध्ने र जनै फेर्ने परम्परा आजका दिनको मुख्य विशेषतापञ्चाङ्ग अनुसार आजको पूर्णिमा तिथि साँझ ७:४५ बजेसम्म रहनेछ। रक्षाबन्धनको शुभ साईत बिहान ६:०५ बजेबाट ११:५५ बजे सम्म मध्याह्न पूर्वकालमा उत्तम मानिएको छ। यस समयमा ब्राह्मणहरूले मन्त्रपाठ गर्दै रक्षा सूत्र बाँध्ने र आशीर्वाद दिने परम्परा छ ।

यस दिन नेवार समुदायमा  तथा अन्य समुदायमा क्वाँटी खाने दिन पनि मनाइन्छ। नौ प्रकारका अन्न मिसाएर तयार गरिने क्वाँटी स्वास्थ्य, आयु र समृद्धिको प्रतीक मानिन्छ। हिमाली तथा पहाडी भेगका भक्तजनले गोसाइँकुण्ड, पाशुपत क्षेत्र, जानकी मन्दिर, बागलुङकालिका, त्रिवेणी धाम लगायतका तीर्थस्थलमा स्नान तथा पूजा आराधना गर्ने परम्परा छ। साथै धादिङको सिङ्लामा पनि झाक्रि (बोम्बो) हरु गएर पुजा पाठ गर्दछन , धादिङ बेसीको पशुपति मन्न्दिर चरङे फेदीमा , रणकाली मन्दिर लगाएत थुप्रै स्थानहरुमा मेला तथा जनै , डोरो मन्त्रर्ने काम भएको छ ।   आज बिशेष गरेर तराईमा दिदी बहिनीले दाजुभाईलाई राखी बाध्ने चलन छ , यो चलन हाल काठमाडौं र पहाडमा पनि चलेको छ।

रक्षाबन्धनले भाइ–बहिनीबीचको स्नेह र संरक्षणको बन्धनलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ भने जनै पूर्णिमा आत्मशुद्धि, आस्था र संस्कृतिको महत्वपूर्ण प्रतीकका रूपमा मनाइन्छ। यो पर्व  हिन्दु बौध्द दुबै धर्ममा मनाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0