धादिङ -, सातदोबाटोमा नेपाल कराते महासंघको आयोजनामा सम्पन्न १०औं राष्ट्रिय रेफ्री, कोच सेमिनार तथा युथ च्याम्पियनशिपमा धादिङका खेलाडी तथा प्रशिक्षकहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।
![]()
श्रावण १८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत राष्ट्रिय रेफ्रीको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेमा धादिङ नीलकण्ठ–८ का रमेश कोईराला र नीलकण्ठ–४ का सुदीप श्रेष्ठ चयन भएका छन्। कोईराला धादिङबेसी कराँते डोजोका अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल सितिरियो कराँते संघ धादिङका उपाध्यक्ष समेत रहेका छन्।

त्यस्तै, कोच सेमिनारतर्फ धादिङ रुवी भ्याली–सेर्तुङका ओमबहादुर तामाङले राष्ट्रिय कोचको प्रमाणपत्र प्राप्त गर्न सफल भए।
युथ च्याम्पियनशिपतर्फ ससाह देउराली डोजोका सन्देश भट्टराईले यू–१० (४० केजी) तौल समूहमा रजत पदक जिते। सुनौलाबजार जोडोका शिरिस दर्लामी मगरले यू–१२ (४० केजी) तौल समूहमा कास्य पदक प्राप्त गरे भने सेर्तुङका प्रकृति तामाङले यू–१४ (४२ केजी) तौल समूहमा कास्य पदक जितिन्। सेर्तुङकै सुहान तामाङले पनि यू–१४ (४० केजी) तौल समूहमा कास्य पदक जित्न सफल भए।

कार्यक्रमले धादिङका खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको क्षमता राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको आयोजकले जनाएको छ।






