Screenshot

काठमाडौं , भाद्र  ४

विभिन्न निकायमा छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गरी एउटै प्रणालीबाट सहज र प्रभावकारी सेवा दिने प्रतिब्ध्दता  अनुसार आज ,”विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत भएको स्वास्थ तथा जन सन्ख्या मन्त्रालय ले जनाएको छ । अब नागरिकले ८ प्रकारका कडा रोगको उपचारबापत पाउने सुविधा स्वास्थ्य बीमा मार्फत एकद्वार प्रणालीबाट प्राप्त हुने छ , मन्त्रालयको  लक्ष्य भनेको छरिएर रहेका विभिन्न स्वास्थ्य सुविधाहरूलाई एउटै छातामुनि ल्याएर नागरिकलाई एकीकृत र सहज सेवा प्रदान गर्नु हो। यस निर्देशिकामा  राज्यको स्रोतको कुशल एवं पारदर्शी परिचालनका लागि बीमा बोर्डमार्फत दाबी भुक्तानी गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेका छ । साथै, एकीकृत भएको यस सेवा लिन अनिवार्य रुपमा स्वास्थ्य बीमा भएको हुनु पर्ने प्रावधान राखिएको छ ।

यस व्यवस्थाले उपचारमा लागेको खर्च वापत गरिने दाबी-भुक्तानीमा सम्भावित दोहोरो दाबीको अन्त्य गर्ने र राज्यकोषको मितव्ययी रुपमा उपयोग हुने तथा बीमा कार्यक्रममा नागरिक सहभागिता बढाउने र एकीकृत सामाजिक स्वास्थ्य सुरक्षा प्रणाली निर्माण हुने विश्वास लिएका छ ।

अब नागरिकले पाउने एकीकृत सुविधा:
• मिर्गौला रोगका लागि: हेमोडाइलाइसिस सेवा निःशुल्क,
• मिर्गौला प्रत्यारोपणका लागि कुल ७ लाख ५० हजार (विपन्न सुविधाका लागि बीमामार्फत थप एक लाख प्राप्त हुने)

साथै, मासिक ५ हजार जीवन निर्वाह भत्ता ।

• आठ (८) प्रकारका कडा रोगहरू (मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया) का लागि : बीमा र विपन्न सुविधासमेत गरी ३ लाख बराबरको उपचार सेवा ।

• मुटुको भल्भ सर्जरी (१५ वर्षमुनि र ७५ वर्षमाथि) का लागि: गंगालाल र मनमोहन अस्पतालमार्फत निशुल्क अप्रेसन खर्च र बीमा मार्फत थप २ लाखको सुविधा ।

आफ्नो र आफ्नो परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सम्पूर्णमा अनुरोध  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले  गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0