बद्री पौडेल ,
नीलकण्ठ न पा -१३, धादिङ
दशैँ तथा शुभ दिपावली २०८२ को पावन अवसरमा योङ्ग स्टार क्लबको आयोजनामा नीलकण्ठ नगरपालिका वडा न. -१३ घुमाउनेडाडा स्थित नेपाल (Nepal🇳🇵) – ताइवान ( Taiwan- 🇹🇼 ) फ्रेण्डसिप खेलमैदानमा सम्पन्न भएको तेश्रो सँस्करणको पुरुष फुटबल प्रतियोगितामा “नीलकण्ठ न. पा. वडा नं.-१३ भित्रको मात्र फुटबल खेलाडी हरुलाई सहभागी गराउने गरी” पूर्व घोषित सूचना अनुसार सम्मन्न भएको छ । उक्त कार्यक्रममा योङ्ग स्टार क्लबका अध्यक्ष भक्त बहादुर गुरुङको अध्यक्षतामा, नीलकण्ठ नगरपालिका वडा -१३, का वडा अध्यक्ष – सोमबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा नेपाल इन्टर्प्रीड प्रा. लि. का कार्यवाहक निर्देशक कमल गुरुङको विशेष आतिथ्यतामा विजेता मधुवन युवा क्लव तथा उपबिजेता योङ्ग स्टार क्लब ( आयोजक) लाइ नगद पुरस्कार तथा मेडल द्वारा सम्मान गरियो।
साथै उक्त कार्यक्रम संचालनको लागि आर्थिक सहयोग गर्नुहुने नीलकण्ठ नगरपालिका वडा नम्बर -१३ को अध्यक्ष तथा सम्पूर्ण सदस्य ज्यूहरु, राम गुरुङ ( बानेश्वरा- हाल पोर्चुगल), सन्तोष गुरुङ ( सेउली- हाल इन्डियन आर्मी), सुनिल गुरुङ तथा संस्कृति राई ( चनडाँडा- हाल ए. पि. एफ. मा कार्यरत ), सुनिल गुरुङ ( सिम्ले- हाल अमेरिका), कमला गुरुङ ( सिम्ले), केदार गुरुङ र सीता गुरुङ ( सिम्ले- नेपाल सरकारको गरिमामय पदमा कार्यरत ), किरण गुरुङ ( सेउली- हाल जापान ), सुरेश गुरुङ ( बोसिखर्क- हाल दुबै), लाल बहादुर गुरुङ र उहाँको छोरी सुजता गुरुङ ( सेउली – जापान), सोम बहादुर गुरुङ र उहांका छोराहरु( सेउली – हाल, रसिया,रोमानिया ), निसान गुरुङ र वीर बहादुर गुरुङ ( वोसिखर्क- हाल पोर्चुगल र कोरिया), राजेन्द्र नगरकोटी ( सेउली) , पूर्ण बहादुर गुरुङ ( बोसिखर्क-हाल रोमानिया), Windy Valley Treks Pvt.Ltd. काठमाडौका संचालक सौगात श्रेष्ठ , Nepal Intreped Treks Pvt. Ltd.काठमाडौ का संचालकहरु लाल गुरुङ , सन्त गुरुङ र कमल गुरुङ लाई प्रमाणपत्र सहित सम्मान गरियो।
उक्त फूटबल कार्यक्रम मिति २०८२/०६/१३ गते देखि संचालन भएको र उक्त खेलमा निलकण्ठ -१३ भित्रका योङ्ग स्टार क्लब, मधुबन युवा क्लब, बटुवा युवा क्ल्ब, फूटबल क्लब भोर्ले, सक्रिय भोर्ले युवा क्लब तल्लो भोर्ले, काप्रे युवा क्लब , हिमशिखर युवा क्लब लगायतका -१२ टिमको सहभागी थियो। जसमा पोल A बाट – ६ टिम र पोल B बाट – ६ टिम नकाउट चरणमा खेलाउदा पहिलो पोल A – बाट मधुबन युवा क्लब A,C र बटुवा युवा क्लब छनौट भएको थियो, त्यस्तै दोस्रो पोल B – बाट योङ्ग स्टार क्लब -A , मधुवन युवा क्लव – B र फूटबल क्लव भोर्ले – B छनौट भएका दोस्रो चरणको पहिलो पोल A – मा ३ टिम मध्ये मधुवन युवा क्लव -C र बटुवा युवा क्लव बिच खेल भएको थियो भने मधुवन युवा क्लव -A बाइ परेको थियो। यस पोलमा परेका मधुवन युवा क्लव -C र बटुवा युवा क्लव विरुद्वको खेलमा १/१ गोलको बराबरिमा पेनाल्टी सुटमा ५/४को अग्रता लिदै मधुवन युवा क्लब -C बिजेता भए सगै मधुवन युवाक्लब -C सेमिफाइनल चरणमा प्रबेश गरेका थिए भने बटुवा युवा क्लब खेलबाट बाहिरिएका थिए।
त्यस्तै दोस्रो चरणको दोस्रो पोल B – मा ३ टिम मध्ये मधुवन युवा क्लव -B र फूटबल क्लव भोर्ले-B बिच खेल भएको थियो भने योङ्ग स्टार युवा क्लव -A बाइ परेको थियो। यस पोलमा परेका मधुवन युवा क्लव -B र फूटबल क्लव भोर्ले -B को विरुद्वको खेलमा खेल बराबरि भएर पेनाल्टी सुटमा ३/२को अग्रता लिदै मधुवन युवा क्लब -B बिजेता भए सगै मधुवन युवाक्लब -B सेमिफाइनल चरणमा प्रबेश गरेका थिए भने फूटबल क्लब भोर्ले -B खेलबाट बाहिरिएका सेमिफाइनल चरणम योङ्ग स्टार -A का विरुद्व मधुबन युवा क्लब -C को खेलमा योङ्ग स्टार क्लब -A ले ३/0 ले अग्रता लिदै योङ्ग स्टार क्लब -A फाइनल चरणमा प्रवेश गरेका थिए। त्यस्तै मधुवन युवा क्लब -A का विरुद्व मधुवन युवा क्लब – B को खेलमा मधुवन युवा क्लव – A ले १/0 ले अग्रता लिदै मधुवन युवा क्लव -A फाइनल चरण प्रवेश गरेका थिए।
फाइनल चरणको खेल योङ्ग स्टार क्लब -A को विरुद्वमा मधुवन युवा क्लव -A को खेल हुदाहुदै मौसको कारण खेल अबरुद्व भएको थियो। उक्त अवरुद्ध फाइनल खेल योङ्ग स्टार क्लब र मधुवन युवा क्लब बीचको फूटबल खेल मिति २०८२/०६/१५ गते योङ्ग स्टार क्लबको खेल मैदानमा अपरान्ह ठिक ४:०० सुरु भएको थियो। निर्धारित समयमा गोल रहित बराबरी रहेको र पेनाल्टी सूटआउटमा पनि ६/६ गोलको बराबरी भएकोले आयोजक, रेफ्री तथा दुबै टिमका कप्तान बिचको सहमतिमा कोइन टस द्वारा मधुवन युवा क्लब -A ले उपाधी जित्न सफल भएको छ भने, आयोजक योङ्ग स्टार क्लब -A उप बिजेतामै सिमित भएको छ ।






