२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जारी गरिएको दर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा तोकिएको छ।
युरोपेली युरोको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा रहेको छ।
स्वीस फ्र्याङ्कको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।
त्यसैगरी, क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८६ पैसा र बिक्रीदर १११ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारको मूल्य र नेपालका व्यापारीक बैँकहरूबीचको कारोबारलाई आधार मान्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दै आएको छ।






