बद्री पौडेल

धादिङ ,धादिङ बेसी ९ माघ २०८२

जनस्वास्थ्य कार्यालय, धादिङको आयोजनामा मिति २०८२/१०/०९ गते ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नियुक्त भएका १० वटा स्थानीय तहका जनस्वास्थ्य अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको उद्देश्य, कार्य जिम्मेवारी तथा कार्य अवसरहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो। घर–घर र टोल–टोलमा पुगेर स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, समुदायस्तरमै स्वास्थ्य प्रवर्धनका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममार्फत जनस्वास्थ्य अधिकृतहरूले स्थानीय समुदायसँग सहकार्य गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन, रोग निवारण, पोषण, सरसफाइ तथा प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

जनस्वास्थ्य कार्यालय, धादिङका अनुसार यो कार्यक्रम धादिङ जिल्लाका  १०  वटा स्थानीय तहमा   लागु हुने छ ,  रुबीभ्याली ,ज्वालामुखी,र धुनीबेसी बाहेक अन्य स्थानीय तहमा यो कार्यक्रम शुरु भएको हो , यसबाट समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच बढ्ने र नागरिकमा स्वास्थ्यप्रति सचेतना वृद्धि हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0