धादिङ, — धादिङको नीलकण्ठ नगरपालिका–३ मा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार छिमेकीको घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा नीलकण्ठ नगरपालिका वडा नं ८  ससाह ज्यामिरेका  २७ वर्षीय राजन श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई आइतबार दिउँसो करिब १२:४५ बजे करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेपछि तत्काल उपचारका लागि धादिङ अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0