बिश्वास सिलवाल
धादिङको निलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिर परिसरमा यही वैशाखदेखि “MRR” अभियानअन्तर्गत साप्ताहिक भजन–कीर्तन कार्यक्रम सञ्चालन हुँदै आएको छ। हरेक शनिबार बेलुकी आयोजना गरिने यस कार्यक्रममा स्थानीय युवा, भक्तजन तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहने गरेको छ।
कार्यक्रममा भजन, कीर्तन, स्तुति तथा धार्मिक प्रवचन प्रस्तुत गरिँदै आएको छ, जसले मन्दिर परिसरलाई आध्यात्मिक वातावरणले भरिपूर्ण बनाएको छ। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमले मनमा शान्ति, सकारात्मक ऊर्जा र धार्मिक आस्थामा वृद्धि गराउने काम गरिरहेको छ।
आधुनिकता र प्रविधिको तीव्र विकाससँगै परम्परागत संस्कार र संस्कृति ओझेलमा पर्दै गइरहेका बेला यस्तो पहलले मौलिक पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्याइरहेको आयोजकहरूको भनाइ छ। विशेषगरी युवा पुस्तालाई धर्म, संस्कार र अनुशासनतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको हो।
स्थानीयवासीहरूका अनुसार साप्ताहिक रूपमा सञ्चालन हुने भजन–कीर्तन कार्यक्रमले समाजमा एकता, सद्भाव र आपसी सहयोगको भावना वृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन मद्दत गरिरहेको छ।
आयोजकहरूले आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित बनाउँदै निरन्तरता दिने योजना बनाएका छन्। “संस्कृति जोगाउनु भनेको आफ्नो पहिचान जोगाउनु हो,” भन्ने सन्देशसहित सञ्चालन भइरहेको यो अभियान धादिङमा धार्मिक तथा सांस्कृतिक जागरणको प्रभावकारी माध्यम बन्दै गएको छ।
पशुपति मन्दिर परिसरमा साप्ताहिक भजन–कीर्तन : धर्म, संस्कृति र सामाजिक एकताको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1






